काठमाडाैँ/ प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राप्रपा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा भने राप्रपाको स्थिति दिनानुदिन खस्किदै जान थालेको छ ।
राप्रपाका केन्द्रीय सदस्य चोकराज घिमिरे र सह महामन्त्री सुरेन्द्रबहादुर शाहीले राजीनामा दिएको करिब दुई हप्तापछि अम्बिका अर्यालसहित ३५ जनाले पार्टी परित्याग गरेकाछन् । अर्यालसहित सबै ३५ जना जनता संरक्षण दलमा आबद्ध भएकाछन् ।
उनीहरु सबै क्षेत्र नम्बर १ को वडा नम्बर ११ निवासी हुन् । ३५ जनाले एकसाथ दल त्यागेपछि सो क्षेत्रमा राप्रपा निकै कमजोर बनेको छ । काठमाडौं १ मा काँग्रेसका प्रबल थापाको अवस्था निकै बलियो देखिएको छ । रास्वपाकी रञ्जु दर्शना उनको निकटतम प्रतिष्पधी हुने देखिन्छ । राप्रपाको आन्तरिक विवादका कारण रवीन्द्र मिश्र तेस्रोपटक हारको स्वाद चाख्ने अवस्थामा पुगेकाछन् ।

प्रतिक्रिया दिनुहोस्