कला / साहित्ययो पनि

डा. पोखरेललाई लघुकथा पुरस्कार

काठमाडौँ/शब्दयात्रा प्रकाशनले २०८३ सालको शब्दयात्रा डण्डपाणि– मानकुमारी धिताल लघुकथा पुरस्कार लेखक एवम् लघुकथाकार डा. टिकाराम पोखरेललाई प्रदान गर्ने भएको छ ।

आफ्नो आमा– बुबाको स्मृतिमा लघुकथाकार अम्बिका धिताल (काभ्रेपलाञ्चोक) ले पुरस्कारको लागि कोष व्यवस्थापन गरेका हुन् । उक्त पुरस्कार यहि मंसिर महिनामा लघुकथाकार डा. पोखरेललाई प्रदान गरिने शब्दयात्रा प्रकाशनले जनाएको छ ।

दोलखा स्थायी घर भएका लेखक एवम् कथाकार डा. टिकाराम पोखरेलका कथा, कविता, हाँस्य– ब्यङ्गे, समसामयीक लेखरचनाहरु बिभिन्न पत्रपत्रिका र अनलाईनहरुमा प्रकाशन हुदै आएका छन् । डा. पोखरेलको धोको, अन्त्यारम्भ लगायतका साहित्यिक पुस्तकहरु समेत प्रकाशन भएका छन् ।

मानव अधिकारको क्षेत्रमा समेत सक्रिय लेखक एवम् लघुकथाकार डा. पोखरेलले डायमणशम्सेर राणा प्रतिभा पुरस्कार लगायत दजनौ साहित्यिक पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार