दोलखा/नेपाली कांग्रेस देउवा समुहको १५ औँ नियमित महाधिवेशन तयारी समितिका संयोजक डा. शशाङ्क कोईरालाले गगन थापालाई लक्षित गर्दै अरुको नाम लिएर महत्व दिन नुहुने बताए । नामै नलिएपछि उ त्यतिकै अपमानित हुन्छ– संयोजक डा. कोईरालाले भने ।
शनिवार नेपाली कांग्रेस देउवा समूहको १५ औ नियमित दोलखा जिल्ला अधिवेशन उद्घाटन गर्दै संयोजक डा. कोईरालाले नेपाली कांग्रेसको विचार र नेताहरु सुन्दर रहेको बताए ।
नेपाली कांग्रेस वीपी कोईराला, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद जस्ता महान नेताहरुको पार्टी भएकोले यो आफैमा सुन्दर छ– संयोजक डा. कोईरालाले भने । उनले नेपाली कांग्रेसको एकताबाट मात्र देशको समुन्नती सम्भव हुने बताए ।
केन्द्रीय सदस्य एनपी साउदले अदालतले निष्पक्ष निर्णय गरेर चुनाव चिन्ह्र आफुहरुलाई दिने दावि गर्दै पार्टी विगार्ने कुलङ्गार गगनहरु भएको आरोप लगाए । शेरबहादुर देउवाले ६÷७ वटा पार्टी मिलाएको स्मरण गर्दै नेता साउदले गगनहरुले त्यसलाई विगार्ने काममात्र गरेको बताए ।
केन्द्रीय सदस्य मोहनबहादुर वस्नेतले तत्कलीन दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई चटकेको संज्ञा दिए । उनले गगन थापाको राजग्रह परेको भएपनि उनी लक्ष्मी (पैसा) प्रति आशक्त रहेको आरोप लगाए ।
नेपाली कांग्रेस देउवा समूहको १५ औ नियमित दोलखा जिल्ला अधिवेशन आयोजक समितिका संयोजक तारा खड्काको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य शिव कुमार हुँमागाई, केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, भुपेन्द्र राई, राजु श्रेष्ठ, तारा बहादुर कोईराला, रुद्र बहादुर खड्का, बालकृष्ण वस्नेत, विराज श्रेष्ठ, महेश काफ्ले, अनिता श्रेष्ठ लगायतका नेताहरुले सम्बोधन गरेका थिए । उद्घाटन अघि बिभिन्न झाँकी सहितको जुलुसले बजार परिक्रममा गरेको थियो ।
तारा खड्का सभापतिमा सर्वसम्मत

यसैबीच १५ औ नियमित दोलखा जिल्ला अधिवेशनबाट तारा खड्का सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्

प्रतिक्रिया दिनुहोस्