राजनीतिसमाचार

रास्वपा दोलखाको चियापान

दोलखा/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले दिपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा सदरमुकाम चरिकोटमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, जनप्रतिनिधि, कार्यालय प्रमुख, पत्रकार, उद्योगी– व्यवसायी तथा रास्वपाका नेता– कार्यकर्ताको सहभागिता रहेको थियो । चियापान कार्यक्रममा सहभागि अतिथिहरुलाई रास्वपा दोलखाका सभापति दिनेश वस्नेत, प्रतिनिधि सभा सदस्य जगदिश खरेल, उपसभापति कृष्ण बहादुर खड्का, सचिव रमेश श्रेष्ठ, सह– सचिव अर्जुन कार्की, सचिवालय सदस्य एवम् प्रचार संयोजक ओमकृष्ण आचार्य, भीमेश्वर नगर समितिका सभापति श्याम कायस्थ लगायतले स्वागत गरेका थिए ।

रास्वपा दोलखाका सभापति दिनेश वस्नेतको अध्यक्षतामा सम्पन्न चियापान कार्यक्रममा प्रतिनिधि सभा सदस्य जगदिश खरेल, भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार