काठमाडौँ/चीनको १४ सदसिय साहित्यिक टोलीलाई शुक्रवार एसएस फाउण्डेशनले राजधानि काठमाडौँमा स्वातग एवम् सम्मान गरेको छ । फाउण्डेशनको तर्फबाट चिनियाँ साहित्यक टोलीलाई फाउण्डेशनका संरक्षक गितकार– समाजसेवी शोभित उप्रेती र फाउण्डेशनका अध्यक्ष बरिष्ठ कलाकार मदनदास श्रेष्ठले स्वागत गरेका थिए ।
जनवादी गणतन्त्र चीनको साहित्यिक एवम् सांस्कृतिक टोलीको नेतृत्व लु छुन कल्चरल फाउण्डेशनका अध्यक्ष झाउ लिङफेईले गरेका थिए ।
चिनियाँ सांस्कृतिक एवम् साहित्यिक टोलीको सम्मानमा आयोजित विशेष कार्यक्रममा एसएस फाउण्डेशनका संरक्षक गितकार– समाजसेवी सोभित उप्रेतीले चिनियाँ सांस्कृतिक एवम् साहित्यिक टोलीको नेपाल भ्रमणले दुई देश बीच सांस्कृतिक एवम् साहित्यिक सहकार्य बढ्ने बताए ।
फाउण्डेशनका अध्यक्ष बरिष्ठ कलाकार मदनदास श्रेष्ठले मित्रराष्ट्र चीनको सांस्कृतिक एवम् साहित्यिक टोलीको भ्रमणले एक अर्काको संस्कृति, साहित्यि र सभ्यताको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
अध्यक्ष श्रेष्ठले नेपालको कला– संस्कृति विशिष्ट रहेको उल्लेख गर्दै यस क्षेत्रमा आपसी सहकार्य र सहयोग आवश्यक रहेको बताए ।
स्वागत एवम् सम्मान कार्यक्रममा नेपाली पहिचान झल्काउने कौडा, हुड्क्यौली र नेवारी गित– संगित प्रस्तुत गरिएको थियो । चिनियाँ सांस्कृतिक एवम् साहित्यिक टोलीले पाटन दरवार लगायत उपत्यकाका ऐतिहासीक तथा पुरातात्वीक महत्वका ठाँउहरुको भ्रमण समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्