काठमाडाैँ/अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकअर्काको साथमा उभिने प्रतिबद्धता चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइछिङले व्यक्त गर्नुभएको छ। बंगलादेशको राजधानी ढाकामा आयोजित उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै उहाँले दुई देशबीच व्यापार, लगानी, विकास तथा राजनीतिक आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।
चिनियाँ दूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा बंगलादेश–चीन पार्टी तथा राज्य शासन अध्ययन केन्द्रको औपचारिक उद्घाटनसमेत गरिएको थियो।‘इतिहासले भविष्यलाई उज्यालो बनाउँछ’ भन्ने नारासहित आयोजित कार्यक्रममा दुवै देशका प्रमुख राजनीतिक दलका वरिष्ठ नेताहरू, सरकारी प्रतिनिधि, कूटनीतिज्ञ, परराष्ट्र मामिला विज्ञ तथा व्यवसायीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा राजनीतिक दलबीचको संवाद, अनुभव आदानप्रदान तथा शासन सञ्चालनसम्बन्धी अध्ययन र सहकार्यलाई संस्थागत बनाउने विषयमा जोड दिइएको थियो। नयाँ अध्ययन केन्द्रलाई चीन र बंगलादेशबीच राजनीतिक तथा संस्थागत सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा हेरिएको छ।
हाइछिङ पाकिस्तानको भ्रमण सकेर बंगलादेश जानू भएको हो । पाकिस्तान र बंगलादेशले आपसी सम्बन्ध बलियो बनाउन विशेष अध्ययन संयन्त्र बनाउने सहमति समेत गरेकाछन्।

प्रतिक्रिया दिनुहोस्