दोलखा/जिल्ला प्रहरी कार्यालय दोलखाले पर्यटकीय नगर जिरीमा सोमवार सार्वजनिक नागरिक सुनवाई तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रहरीले सम्पादन गर्दै आएको कामहरुको बारेमा जानकारी गराईएको थियो । त्यसैगरी नागरिकका गुनासा र सुझाबहरु समेत सङ्कलन गरिएको थियो ।
सार्वजनिक नागरिक सुनवाई तथा अन्र्तक्रिया कार्यक्रममा नागरिकका गुनासो सम्बोधन गर्दै प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा नागरिक मैत्री प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन समन्वय र सहकार्यलाई प्राथामिकता दिईने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेखा कँडेल, सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोखरेल, जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकी, जिरी नगरपालिकाका पूर्व नगरप्रमुख टंक जिरेल लगायत जनप्रतिनिधि, स्थानीय संघ– संस्थाका प्रमुख एवम् प्रतिनिधि, उद्योगी– व्यवसायी र स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्