राजनीति

दोलखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय

दोलखा/आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीको क्रममा दोलखा सदरमुकाम चरिकोटमा शुक्रवार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

कार्यालय उद्घाटनको क्रममा मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले शान्तिपूर्ण र सुरक्षित ढङ्गले निर्वाचन सम्पन्न गराउने कुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासन पूर्ण रुपमा प्रतिवद्ध रहेको बताउनु भयो ।

सो क्रममा उहाँले निर्वाचन सुरक्षाको समग्र तयारीको विषयमा कार्यक्रममा सहभागि राजनीतिक दलका प्रतिनिधि तथा पत्रकारहरुलाई जानकारी गराउनु भएको थियो ।

कार्यालय उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि भीम बहादुर श्रेष्ठ, राप्रपाका कार्यवहाक अध्यक्ष बिष्णु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, गरुड दल गढका गणपति लोक सागर कटुवाल, प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतो, सशस्त्र प्रहरी नायव उपरीक्षक संजय अधिकारी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार