कला / साहित्यबिचार / ब्लग

गीत

सम्राट चाैलागाई

फुल पाती सजाएर बाटोमा

रङ्ग छरेर लान्छु।

खोली भित्र माछा बनी

तिमि मै बगेर जान्छु।

कति चाहिन्छ तिमिलाइ खुशी

के खोजी गर त।

दिलभित्र आँखा भित्र

तिम्रो यादमा रहेर जान्छु।

सिमाना छैन तिम्रो मेरो माया

लोक पर्लोक जस्तो।

जहाँ तिमी त्यहाँ साथ

नभए खै म मरेर जान्छु ।

उदास हुन्नौ भने त्यो खुशी

जुनि जुनि साचौला।

तिमी साच्चै दुखी हुने भए

मनमनै डढेर जान्छु।

छोटो लामो यात्रा संगै

तय गर्ने बाचा गर्छु म।

रहिरहोस यादमा भनी

फैसला त्यो गरेर जान्छु।

सम्बन्धित समाचार