मुख्य समाचार

दोलखाको कालिञ्चोकमा र शैलुङमा हिमपात

दोलखा/दोलखामा रहेको प्रसिद्ध धार्मिक स्थल कालिञ्चोकमा विहिवार हिमपात भएको छ । विहिवार यो बर्षको चौथो पटक हिमपात भएको हो ।
विहिवार साँझ पाँचबजेबाट हिमपात सुरु भएको कालिञ्चोकको कुरी स्थित होटल सुनपातीका राजन क्षेत्रीले बताए ।
हिमपातको कारण कालिञ्चोक पुग्ने पर्यटकहरु रमाई रहेको क्षेत्रीले बताए । हिमपातले विहिवार बेलुकासम्म सवारी साधन भने नरोकीएको स्थानीयले बताएका छन् । तीन हजार आठ सय ४२ मिटर उँचाईमा रहेको कालिञ्चोकमा गत बर्ष फागुनको दोस्रो साताबाटमात्र हिमपात भएकोमा यो बर्ष फागुनको दोस्रो सातासम्म चार पटक हिमपात भै सकेको छ ।
यो बर्ष धेरै पटक हिमपात भएपनि धेरै समय हिमपात नभएकोले १÷२ दिनमै हिउँ पग्लने गरेको स्थानीय व्यवसायीहरु बताउछन् ।
कालिञ्चोकमा हिमपात भएको खबर पछि नेपालको बिभिन्न ठाँउ र भारतबाट समेत पर्यटकले होटल बुक गर्न थालेको पर्यटन व्यवसायी एवं होटल सुनपातीका सञ्चालक हरि ओलीले बताए ।


शैलुङमा पनि हिमपात
दोलखाकै प्रसिद्ध शैलुङ क्षेत्रमा पनि विहिवार हिउँसै देखि हिमपात भै रहेको स्थानीयले बताएका छन् । शैलुङ क्षेत्रमा विहिवार दिउँसो तीनबजेबाटै हिमपात भै रहेको स्थानीय कालापानीको होटल व्यवसायी मिस्री श्रेष्ठले बताउनु भयो ।

सम्बन्धित समाचार