
सम्राट चाैलागाई
ओठमुख सुक्छ दिनै दिन, चारैतिर चीत्कार छ
बिहान सब ठिकठाक छ, बेलुका अन्धकार छ।
भयो के, कसको गल्ती, यहाँ जमिन नै फाँटेको छ
नबोली बस्ने त्यो आकाश, अनि समुन्द्र सुनसान छ।
न बाउ भन्यो, न आफन्त, यो काल कति भोको छ
हेर ! धनले छेकेन, रोगले च्यापेन, हिमाल रोएको छ।
के देख्यो होला त्यो बच्चाले, जो अझै दूध पिउदै छ
रातको लालि लाग्दै गर्दा, यहाँ त काल नै अघि छ।
घुम्टो लगाई नचिन्ने गरि, चिच्याउदै साँझमा बोलाउछ
जान्न भन्दा टेर्दैन, आखिर सधैलाई रुवाउदै लैजान्छ ।

प्रतिक्रिया दिनुहोस्