कला / साहित्यमनोरन्जन

गीत- हाम्रो चरिकोट

सम्राट चाैलागाई

चरिकोटको डाँडैमा मेरो सानो घर छ।

त्यही घरको छेवैमा ठूलो पिपल र वर छ।

पारी हेर्दा आहा हाम्रो गौरीशङ्कर हाँसेको।

शिर निहुराइ तल हेर्दा तामाकोसी बगेको।

माथी फर्की हेरौ सुन्द्रावती संगै कालिन्चोकी।

दायाँ फर्की नजर लाउदा शैलुङ र पवटी ।

चरिघ्याङ गुम्बा अझ बिगु गुम्बा झनै राम्रो।

हनुमन्ते चरङ्गे छेवैमा प्रसिद्ध लप्चे हाम्रो।

डाँफे नाच्छ यहाँ मयुर पनि नाच्छ लरिबरी।

पान्डा पनि हाँस्छ हजुर न्याउलि नाच्छ वरिपरि।

लोखर्के हिमचितुवा बनै भरी कोइली कालिज।

शान्त शून्य च्छोरोल्पा धेरै उत्तम यहाँका मानिस।

सम्बन्धित समाचार