सम्राट चाैलागाई
तिमिले चोर्यौ मेरो खुसी,
मैले चोर्यो भन्छ्यौ तिमि।
कस्ले चोर्यो भन्दा भन्दै
आखिर टाडा छौ हामी।
त्यो दिलमा बस्ने हो कि
यो दिलमा
थाहा छैन को छ
यो भित्री मनमा।
पड्यौ होला धेरै
जिबनको गाथा।
साट्यौ किन दुनियामा
रुन्चे ब्यथा
तिमिले चोर्यौ मेरो खुसी,
मैले चोर्यो भन्छ्यौ तिमि।
कस्ले चोर्यो भन्दा भन्दै
आखिर टाडा छौ हामी।
अँध्यारो बन्यो जीवन
लागि चोट
बर्बाद भै सक्कियो
मनको खोट
आँखा खोल्दा धुवाँ धुवाँ
यो धरती
शून्य लाग्छ अन्त्य हुँदा
यो पिरति
तिमिले चोर्यौ मेरो खुसी,
मैले चोर्यो भन्छ्यौ तिमि।
कस्ले चोर्यो भन्दा भन्दै
आखिर टाडा छौ हामी।
प्रतिक्रिया दिनुहोस्