
सम्राट चाैलागाई
माया भाग लगायौ, हेर प्यार भाग लगायौ
समुन्द्र एउटै तर तिमिले, खोली भाग लगायौ।
जन्मेर आएको सङ्गै, यो धरतिमा हामी दुई
सकुशल त्यो अनाजको, झोली भाग लगायौ।
श्रृङ्गार सहित आएकी, दुल्हन पराइको घरमा
बाटो बाटै जमात मिलेर, सोली भाग लगायौ।
तगारो थियो यो हाम्रो सम्बन्ध, जगजाहेर छ नि
समाजमा बसी त्यो पापी, बोली भाग लगायौ।
भोग्नेलाई दुख्छ भन्ने बुझेनौ, किन यथार्थ यहाँ
आज त बाँच्न दिएनौ किन, भोली भाग लगायौ।

प्रतिक्रिया दिनुहोस्