कला / साहित्य

शनिवारकाे साहित्य

गित

सम्राट चौलागाई

तिमी रुदा कस्तो देखिन्छ भन्थ्यौ

हेर आज आँशु थामिएको छैन् ।

पीडित छु, अनुदार, एकहोरो छु म

सोच्ने मनमा कुनै आधार छैन् ।

जालो बनेर आँखामा तिम्रै तस्विर छापिएछ

बिझाउदै आँशु बनी पोल्दै बगिरहेछ

न भोजन देख्छु न त भोकनै छ शरिरमा

रात लामो भाछ अन्धकारनै देख्छु दिनमा

हाँसी राख्छौ, खुशी देख्छु सधै भन्थ्यौ

हेर आज मेरो यो हालत छ ।

हातगोडा थर थरती काप्छ शक्ति छैन

सोच्छु बाँच्नु अब बेकार छ ।

हरिया बनपाखा कता होला ठम्याउनै सकिएन

गालासुके अदृश्य भाछु बोलाउनै सकिएन ।

बचन हो कि माया हो तिमीले मलाई बोलेको

कहाँगए सपनाहरु तिमी र मैले देखेको ।

सम्बन्धित समाचार