कला / साहित्य

मिल्दैन र !

सम्राट चौलागाई
सभ्य देशको सभ्य नागरिक, बन्न मिल्दैन र
सबै शक्ति एक भएर, अघि बढ्न मिल्दैन र

को ठूलो को सानो, सेवक त सेवक हो
कुटो कोदालो, हामी सबैको पहिचान हो
धर्म एकै सभ्यता एकै, एकजुट बनौन
नयाँपनको खोजि, आजैबाट गरौ न

धन कमाउने खेती, हामीले गर्न हुन्न र
परिश्रमको व्यवसाय, हामीले गर्नु हुन्न र

गफ ठूला भाषा फरक, असभ्यपन त्याग्दा
जाली काम गलत विचार, मनै देखि फ्याक्दा
सबै जुटौ सधै जुटौ, आफ्नै आफ्नै सम्झी
गरिव धनि कोनै छ र, सबै समान सम्झी

सभ्य देशको सभ्य नागरिक, बन्न मिल्दैन र
सबै शक्ति एक भएर, अघि बढ्न मिल्दैन र

सम्बन्धित समाचार