दोलखा/दोलखाको तत्कालिन सुष्पाक्षमावती गाविसका अध्यक्ष एवम् नेकपा एमाले दोलखाका नेता गोपाल अधिकारीको ६९ बर्षको उमेरमा बुधवार विहान करिब १ बजे सुष्पाक्षमावती स्थित आफ्नै निवासमा निधन भएको छ । उनी लामो समय देखी पक्षघात रोगबाट पीडित रहेका थिए ।
बुधवार विहानै सुष्पाक्षमावती र सुन्द्रावतीको सिमाना स्थित त्रिवेणी घाटमा स्वर्गीय अधिकारीको दाहा– संस्कार गरिएको छ । दाहा– संस्कार अघि उनको पार्थी शरिरमा नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ र उप– सचिव हरि ओलीले पार्टीको झण्डा ओडाएर सम्मान गरेका थिए । त्यसपछि एक मिनेट मौनधारण समेत गरिएको थियो ।
त्रिवेणी घाटमा भएको दाहा– संस्कार कार्यक्रममा एमाले अध्यक्ष नर बहादुर श्रेष्ठ, नेता डबल पाण्डे, उप– सचिव हरि ओली, जिल्ला कमिटी सदस्य ज्ञानेन्द्र प्रधान, भीमेश्वर नगरपालिका वडा नम्बर– १ का वडा अध्यक्ष माधव थामी, नेकपा एमाले वडा नम्बर– १ वडा कमिटीका अध्यक्ष बिष्णु सुवेदी, नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूर्व अध्यक्ष दीपशङ्कर चौलागाई लगायतको सहभागिता रहेको थियो ।
अधिकारीको निधनबाट एमाले दोलखाले एकजना असल एवम् कुशल जनप्रतिनिधि गुमाएको अध्यक्ष नरबहादुर श्रेष्ठले बताए । स्वर्गीय अधिकारीको १३ औ दिनको पुन्य तीथिको अवसरमा पार्टीले श्रद्धान्जली सभाको आयोजना गर्ने श्रेष्ठले बताए ।
पक्षघातबाट पीडित हुदापनि हरेक बर्ष आफै पार्टी कार्यालयमा उपस्थित भएर पार्टी सदस्यता नविकरण गर्ने स्वर्गीय अधिकारी एमालेको इमान्दार कार्यकर्ता र लोकप्रिय जनप्रतिनिधि रहेको उप– सचिव हरि ओली बताउछन् ।


प्रतिक्रिया दिनुहोस्