कला / साहित्यमनोरन्जन

समाजसेवी शोभित उप्रेतीको गिति एल्वम सार्वजनिक

काठमाडौँ/साहित्यकार एवं समाजसेवी शोभित उप्रेतीले लेख्नु भएको प्राकृतिक सुन्दरता तथा राष्ट्रिय भावना समेटिएको गितको भिडियो एल्वम सार्वजनिक भएको छ ।


जुगल डङ्गोलको सङ्गीत रहेको–
‘काखैभरी बेँसी, अनि सिर माथि हिमाल,
यति सुन्दर, रमाईलो आफ्नै देश नेपाल’
बोलको उप्रेतीको गितमा राष्ट्रिय भावनाका शब्द सहितको सुमधुर साङ्गितिक तरङ्ग पाउन सकिन्छ । उहाँको गितमा चर्चित गायिका अन्जु पन्त र गायक नरहरी प्रेमीको स्वर रहेको छ ।
नेपालको प्राकृतिक सुन्दरता सहितको हिमाल, तराई र पहाडको परिवेश समेटिएको भिडियो एल्वममा जातिय पहिरन तथा ग्रामिण जनजिवनको चित्रण समेत गरिएको छ ।

सम्बन्धित समाचार