SKIP THIS

NAgarjun
बागमतीमनोरन्जन

रमेशले चुमे बर्ष गीतकार पुरस्कार

दाेलखा/झापामा सम्पन्न गीतकार संघ नेपालको नवौ राष्ट्रिय श्रष्टा सम्मान कार्यक्रममा गीतकार रमेश दहालले उत्कृष्ट बर्ष गीतकारको पुरस्कार प्राप्त गरेका छन् । सन्तोष श्रेष्ठको कगहन संगीतमा कर्ण दासको स्वर रहेको गीत उत्कृष्ट घोषण भएको हो । नगद रु. १५१, ००० सहित अमर भावना राष्ट्रिय श्रष्टा सम्मान २०७७ प्रशिद्ध गीतकार विश्व बल्लभलाई प्रदान गरिएको उक्त कार्यक्रममा दहाललार्ई आफै हिड्ने भीरको बाटो’ बोलको गीतका लागि नगद रु ५७, ००० सहित उत्कृष्ट बर्ष गीतकारको पुरस्कार प्रदान गरिएको हो । गीतकार दहाल यसै बर्ष दोस्रो पटक पनि रेडियो नेपालको आधुनिक गीत प्रतियोगीतामा समेत उत्कृष्ट गीतकारको पुरस्कार पाउने गीतकार हुन् ।
सयौ हिट गीतका संगीतकार श्रेष्ठकै संगीतमा २०७५ सालमा पनि गीतकार डि. आर. उपाध्यायले यही पुरस्कार प्राप्त गरेका थिए । यो पटक पनि तीन दशकदेखि आधुनिक गीतमा सकृय रमेशको उत्कृष्ट गीत नेपाली गायनका लोकप्रिय गायक कर्ण दासको स्वरमा रेकर्ड भएको हो । ०७७ सालभरि प्रकाशनमा आएका प्राप्त ४५ गीतहरु मध्ये विज्ञहरुको विशेष छनौट समितिको निर्णयबाट रमेश दहाल, राजु थापा, सुरेश वाग्ले, एच.के. धिताल, बिबि थापा, रमेश अधिकारी, ध्रुब अम्गाई, रबिन्द्र आशिष शैली, अमर बिकराल र प्रवल विष्टका गीत उत्कृष्ट १० बर्ष गीतका रुपमा छानिएका थिए । ती मध्ये सङ्गीतकार सन्तोष श्रेष्ठको संगीतमा कर्ण दासको स्वर रहेको रमेशको गीर्त आफै हिड्ने भिरको बाटो’ सर्बोतकृष्ट घोषणा गरिएको हो । मोरङ्ग, खोर्साने स्थीत सिद्धार्थ सेकेन्डरी स्कुलको सभाहलमा प्रदेश नं. १ का प्रमुख माननीय सोमनाथ अधिकारी प्यासीकोे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करिव ३०० जना दर्शकहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार