काठमाडौँ/सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केपी शर्मा ओली नेतृत्वको सरकार तत्काल नढल्ने दावि गर्नु भएको छ । दूरदृष्टी तथा उच्च मनोवलका धनि नेता केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार त्यति कम्जोर छैन कसैले हल्ला गर्देमा या प्रयत्न गर्दैमा ढलिहाल्ने– मन्त्री गुरुङले भने ।
काठमाडौँमा भएको कम्प्युटर एसोशिएसन अफ नेपाल (क्यान) को २७ औ बार्षिक साधारण सभाको उद्घाटनको क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले विकास र समृद्धिको नारा सहित काम गरिरहेको सरकारलाई अवरोध गर्न थालेपछि नयाँ जनादेशको लागि प्रतिनिधि सभा विगठनको सिफारीस गरिएको तर त्यसलाई सर्वोच्चले उल्टाएपछि सरकार नयाँ परिस्थिति अनुसारनै अघि बढेको मन्त्री गुरुङले बताए ।
हामीले सर्वोच्चको फैसलाको उच्च सम्मान गरेका छौ र सोहि अनुसार प्रतिनिधि सभामा वर्तमान परिस्थितिको उच्च मनोवल र एकताका साथ सामना गर्छौ – मन्त्री गुरुङले भने ।
सरकार डिजिटल फ्रेमवर्क प्रविधि अनुसार अगाडि बढिरहेको र सोहि अनुसार फेसलेस, पेपरलेस अभियानमा सक्रिय रहेको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसको लागि क्यानको सहयोगको आवश्यक रहेको मन्त्री गुरुङको भनाई छ । सरकारले सुरु गरेको नागरिक एपले अब सबै काम आफ्नो मोवाईलबाटै सम्भव हुने अवस्था बनेको उनले बताए ।
सरकारले हिमाल, पहाड र तराई सबै क्षेत्र र भूगोलमा इन्टरनेटको पहुँच विस्तार गरेको उल्लेख गर्दै मन्त्री गुरुङले प्राविधिक रुपमा हिमाली तथा पहाडी क्षेत्रमा केहि समस्या रहेको भएपनि क्यान लगायतका संस्थासंग मिलेर त्यस्ता समस्या समाधान गरिने बताए ।
इन्टरनेटको मूल्य महंगो भएको गुनासो सुनिएकोले त्यसमा कम गर्न ट्याक्स घटाउने या अरु के गर्न सकिन्छ भनेर अध्यन भै रहेको पनि मन्त्री गुरुङले बताए । देशका हरेक विद्यालयमा कम्प्युटर पुगेको भएपनि इन्टरनेटको पहँुच र प्राविधिक कठिनाईका कारण त्यसको उपयोग नभएको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसको समाधानको लागि सरकारले प्रयत्न गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्