दोलखा/दोलखाको पर्यटकीय सहर जिरीमा फाईभ– ए साईड फुटबल टुर्नामेन्ट– २०८३ सुरु भएको छ । निर्माण व्यवसायी संघ जिरी र एक्सप्र्लोर नेपाल नेटवर्कको आयोजना तथा जिरी नगरपालिकाको सह– आयोजनामा भएको खेल तीनदिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
फाईभ– ए साईड फुटबल टुर्नामेन्ट– २०८३ मा खुला, महिला तथा ४० बर्ष माथिका भेट्रान विधाका गरी ४० टिमको सहभागिता रहेको छ । टुर्नामेन्टको उद्घाटन जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेलले गरेका थिए ।
सगरमाथाको प्रवेशद्वारको रुपमा परिचित जिरी सफा हरियाली नगरको रुपमा समेत परिचित छ । खेलकुदको माध्यमबाट समेत पर्यटन प्रवद्धन गर्ने उदेश्यले टुर्नामेन्ट आयोजना गरिएको युवा सञ्जाल जिरीका कोषाध्यक्ष इश्वर कार्कीले बताए ।
जिरी प्राकृतिक सुन्दरता र हरियाली वातावरणको लागि विश्वभर परिचित रहेको र यसलाई खेलकुदसंग समेत जोडेर पर्यटन प्रवद्धन गर्ने उदेश्यले टुर्नामेन्ट आयोजना गरिएको खेल तथा पर्यटन प्रवद्धनमा सक्रिय सफल युवा व्यवसायी लिलाराम खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्