कला / साहित्य

गित- बोक्राको के काम

सम्राट चाैलागाइ

सबैले नग्न देखिसके, के ढाक्छौ अब यहाँ रोएर

दाँइ भैसक्यो जीवनकाे, जता पनि ठिक्क भएर।

हो, चुपचाप त्यो कला देखायौ, जन- जनमा रुप

न छाड्यौ घरका भन्ने, न राख्यौ आफन्तका साथ।

निचोर्यौ मस्त भेटिन्जेल रस, अब बोक्राको के काम

जवानी बिक्यो त्यो अल्लारे पारा, भोटोको के काम।

तारेको आलु झिरैमा उनी, फकाउछ्यौ ती प्यारालाई

त्यो भोक मेट्यौ, त्यो प्यास पनि, के देखाउछौ सारालाई।

सम्बन्धित समाचार