काठमाडाै/ फागुन २१ मा हुन गैरहेको प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं- ८ मा राप्रपा र रास्वपाबीच कडा टक्कर देखिएको छ ।
राप्रपाले पार्टीका बलियो नेता केन्द्रीय सदस्य नवीन शाहीलाई उम्मेदवार बनाएपछि रास्वपाका विराजभक्त श्रेष्ठ पनि झस्केकाछन् । गत निर्वाचनमा रास्वपाका नेता श्रेष्ठले जित हासिल गरेपनि यसपटक नवीनसँग उनको कडा टक्कर हुने भएको छ । नवीन स्थानीयवासी, समाजसेवी र सबै पिंढीका नागरिकबीच लोकप्रियछन ।
उनी कालीमाटी फलफूल तरकारी बजार बिकास समितिका निर्देशक पनि हुन । नेता शाही आफू यो क्षेत्रको स्थानीय वासिन्दा भएको र जनताको हरेक सुखदुःखमा साथ रहेकाले आफनो जित सुनिश्चित भएको बताउँछन । रास्वपाका नेता श्रेष्ठ पनि जित निकाल्नेमा आशावादी छन । यो क्षेत्रमा नेकपाका उम्मेदवार सुमन सायमी र नेकपा एमालेका नेता राजेश शाक्य पनि उम्मेदवार रहेकाछन ।


प्रतिक्रिया दिनुहोस्