
सम्राट चाैलागाई
अब तिमिले के चाहन्छौ ?
आकाश धर्तिमा,
कि समुन्द्र तिम्रो गोजीमा ?
हैन, भगवान तिम्रो पाँउमा ?
रङ्ग रुप नानाथरी त्यो फेसन
अजङ्गको लवज चमक
अनि गर्जन
धाक हो कि तिम्रो स्वार्थी
पहिचान
न अक्षर बिना शब्दको
अनुमान।
यो बिनाश यो पापले पुगेन र ?
अरुको रगत चुसेर,
कि ढिक्का मोहोर द्रब्य लाने सङै ?
छि गन्ध तिम्रा शरीर र सन्तान उस्तै !
जालो बन्यौ नफुक्ने
कतै बन्धन
न मान्छे बन्यौ
न बनायौ समाज
अझै बोल्छौ रङ्ग फेर्दै
खादै कसम
कालो भित्रै बाँकी छ
बाहिर सेतो मलम।
जुँनको दाग देखे भन्छौ तिमी।
कमलमा बास्ना हिलोको ठान्छौ
जुम्राको तौलमा मानव जोख्छौ
अझ कलमले धर्ती
बोकिदिन्छु भन्छौ तिमि ।

प्रतिक्रिया दिनुहोस्