दोलखा/विश्व रक्तदाता दिवसको अवसरमा आईतवार सदरमुकाम चरिकोटमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल रेडक्रश सोसाईटी दोलखा शाखा, नेपाल स्वयमसेवी रक्तदाता समाज दोलखा र पशुपति चौलागाई स्मृति अस्पताल चरिकोटको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा पाँच जना महिला सहित २३ जनाले रक्तदान गर्नु भएको नेपाल रेडक्रश सोसाईटी दोलखा शाखाका पूर्व सभापति गोकर्ण प्रसाद पोखरेलले बताउनु भयो ।
कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, नेपाल रेडक्रश सोसाईटी दोलखा शाखाका सभापति भीम चौलागाई, नेपाल स्वयमसेवी रक्तदाता समाज दोलखाका अध्यक्ष श्याम गौतम लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्