दोलखा/सुर्योदय चरिकोट बहुउदेश्यीय सहकारी संस्थाको ३१ औँ बार्षिक साधारण सभा शनिवार चरिकोटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कविन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभामा सचिव कुमार कार्कीले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष लिलाबहादुर नेवारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाको ३१ औँ बार्षिक साधारण सभाको अवसरमा नियमित ऋणी सदस्य सञ्जयकुमार श्रेष्ठ, दैनिक बचतकर्ता सितु श्रेष्ठ तथा बाल बचतकर्ता आयुष श्रेष्ठ (बालक) र सुप्रिया श्रेष्ठ (बालिका) लाई सम्मान गरिएको सचिव कुमार कार्कीले बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवीप्रसाद फुँयाल, सुर्योदय चरिकोट बहुउदेश्यीय सहकारी संस्थाका उपाध्यक्ष बलराम थापा, पूर्व सचिव विकास चौलागाई र लेखा सुपरिवेक्षण समिति संयोजक रामप्रसाद सापकोटाले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थालाई थप मजबुद, पारदर्शी, सुदृढ र सदस्य केन्द्रीत बनाउन आगामी आर्थिक बर्ष सदस्य विस्तार तथा सदस्य सुदृढीकरण, बचत प्रर्वद्धन, उत्पादन मूलक कर्जा लगानी तथा असुली, महिला तथा युवा सहभागिता, प्रविधि मैत्री सेवा तथा शिक्षा तालिम क्षमता, संस्थागत विकास तथा दीर्घकालिन योजना तथा अन्य विविध कार्यक्रमहरु सञ्चालन गरिने सचिव कुमार कार्कीले बताए ।
सुर्योदय चरिकोट बहुउदेश्यीय सहकारी संस्थामा एक करोड १५ लाख ५५ हजार सात सय शेयर पूँजी, १६ करोड, ४७ लाख, ४८ हजार, नौ सय ६६ रुपैया, आठ पैसा जम्मा बचत र १५ करोड, ४४ लाख, ४९ हजार, चार सय दुई रुपैया २४ पैसा ऋण लगानी रहेको संस्थाका व्यवस्थापक राजकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्