बागमतीराजनीति

रास्वपा दोलखाको प्रथम जिल्ला अधिवेशन

दोलखा/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाको प्रथम जिल्ला अधिवेशनले दिनेश वस्नेतको नेतृत्वमा जिल्ला कार्यसमितिको चयन गरेको छ । वस्नेत तर्दथ समितिको समेत सभापति थिए ।

प्रथम अधिवेशनमा सभापति दिनेश वस्नेत र सचिव रमेश कुमार श्रेष्ठ सर्वसम्मत चयन भएका थिए । उपसभापतिमा कृष्ण बहादुर खड्का र सह– सचिवमा अर्जुन कार्की निर्वाचित भएका छन् । खड्काले हिरष्य प्रसाद उप्रेतीलाई पराजित गरेका छन् । खड्का तर्दथ समितिको पनि उपसभापति हुन् । सह– सचिवमा माधव शिवाकोटीलाई पराजित गर्दै कार्की निर्वाचित भएका हुन् ।

कार्यसमिति सदस्यहरुमा प्रजिना थापा, मन्दिरा खाती, सुम्पा थामी, हिरो भित्रृकोटी र चिरञ्जीवी खरेल निर्वाचित भएको सह– सचिव अर्जुन कार्कीले बताए । विधानको व्यवस्था अनुसार ओम आचार्य र संगिता पाख्रिनलाई सभापतिले मनोनीत गरेको सह– सचिव कार्कीले बताए ।

कार्यसमितिको कोषाध्यक्ष पनि विधानमा भएको व्यवस्था अनुसार सभापतिले छिट्टै मनोनीत गर्ने सह– सचिव कार्कीको भनाई छ । रास्वपाको विधान अनुसार २१ सदसिय कार्यसमितिमा नौ वटा पालिकाका सभापतिहरु पदेन सदस्य रहने छन् ।

शनिवार रास्वपा दोलखाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन दोलखाबाट प्रतिनिधि सभा सदस्य जगदिश खरेलले गरेका थिए । प्रथम जिल्ला अधिवेशनमा तर्दथ समितिका सभापति दिनेश वस्नेतले राजनीतिक प्रतिवेदन, सचिव रमेश कुमार श्रेष्ठले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष बिन्दा चौलागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तर्दथ समितिका सभापति दिनेश वस्नेतको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य जगदिश खरेल, नेपाली कांग्रेसका प्रतिनिधि राकेश श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टी दोलखाका अध्यक्ष अशोक दहाल, राप्रपाका केन्द्रीय सदस्य नवराज श्रेष्ठ, नेपाल नागरिक समाजका अध्यक्ष दिपशङ्कर चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार