
सम्राट चाैलागाई
लस्करै छन मलामी, घाटमा तयारी छ चिता।
कसैको छोरो मर्यो, कसैको प्राण सरी पिता।
दौडदै- कुद्दै बाटोमा, हतार- हतार पुग्ने छ चटारो।
लौन किन- किन, बोल्ने फुर्सद छैन आँसुको पसारो।
अघि लागे सन्तान आफ्ना, पछि छोड्दै बिगत।
आफ्नो भन्ने शरीर थियो, छोड्नै पर्यो संगत ।
बाँसुरीको धुन हैन अब, जोर शङ्ख घन्टिको।
आँसु झार्छन शत्रु पनि, बिरह गीत रन्कियो।
अद्भूत थियो कृति, अथाह थियाे धन- सम्पत्ति।
छोड्नै पर्यो अङ्ग- अङ्ग, छोड्यौ आज दम्पत्ती।
कथा हैन, हैन यो, ससारकाे मीठो कहानी।
हैन झुट कुनै, साँचो- सत्य यो त जीवनकाे कहानी।

प्रतिक्रिया दिनुहोस्