दोलखा/युवा सञ्जाल दोलखाले माओवादी नेता स्व. रितबहादुर खड्काको स्मृतिमा बागमति प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगीता आयोजना गर्ने भएको छ ।
जिल्लामा सञ्चालन भएका खेलहरुमध्य अहिलेसम्मको सर्वाधिक राशिको प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगीता आगामी फागुन २१ गतेदेखी सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगीतामा प्रथम हुने टिमलाई नगद दुई लाख ५१ हजार, द्वितिय हुने टिमलाई नगद एक लाख ५१ हजार, तृतिय हुने टिमलाई नगद ५१ हजार र सान्त्वना हुने टिमलाई नगद २१ सहित ट्रफी र मेडल प्रदान गरिने आयोजक युवा सञ्जाल दोलखाको अध्यक्ष पुष्कर अधिकारीले बताउनु भयो ।
प्रतियोगीताको लागि टिम दर्ता शुल्क १० हजार रुपैया तोकिएको र खेलमा बागमति प्रदेश भित्रका १३ वटै जिल्लाको पालिकाका टिम सहभागि हुनसक्ने अध्यक्ष अधिकारीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्