कला / साहित्यपत्रपत्रिकाबिचार / ब्लग

शनिवारकाे साहित्य

गित

सम्राट चाैलागाई

मन तिम्रो साथ छोडी, शरीर बोकेर हिडेको हुन्छु

आधा बाटो पुगि हेर्दा, तिम्रै मन्द बोली सुन्छु।

बेथा कथा कहाँ के छन्, याद रहदैन

कहाँ हुन्छु, कस्तो हुन्छु, आफै थाहा हुदैन।

झरनामा पानी बग्दा, फोटो आउँछ तिम्रो

खोली किनार देखे पछि, हाल सोध्छु तिम्रो।

फर्कनु कहिले हो, हालत कस्तो होला

तिम्रो सामु पर्दा झनै माया, धेर बड्ने होला ।

भोक, प्यास, निन्द्रा, छेउमै बसि साट्ने

धन सङै खुसी पनि, माया संगै बाड्ने।

गजल

हरिप्रसाद गाैतम

छिनो हम्मबर हान्नेले ढुङ्गामा निशान बनायो
छुस्स अबिर पोखियो मान्छेले भगवान बनायो

ईमान इज्जत र प्रतिष्ठा ठुलो हुन्छ सम्झेर बसें
मेरो ईमान्दारिताले मलाई नै वेईमान बनायो

वोल्नेले पिठो बिकाए उस्ले चामल वेच्न सकेन
अनेक बेच्यो जब इज्जत बेच्ने दुकान बनायो

ठूलो बनेर देशमा नाम कमाउनु है भन्थे रे बा ले
बिचराले ख‍ोला बेचेर आफ्नो पहिचान बनायोक्ष्

आमालाई खाल्डो खनेर गाडेर आएपछि बुझेछ
अरुले पाटि पौवा बनाए उस्ले चिहान बनायो

सम्बन्धित समाचार