बागमतीमुख्य समाचार

मूडे– चरिकोट सडकः काम नभए पछि नयाँ विकल्पको तयारी

दोलखा/पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बर्षातका कारण क्षति पुगेको पुष्पलाल मार्ग तथा लामोसाँगु– जिरी सडकको स्थलगत अनुगमन गरेका छन् ।

शनिवार दोलखा आएका मन्त्री लम्साल र गौतमले दुईदिन दोलखा बसाईको क्रममा मूडे– चरिकोट सडक, खिम्ती आयोजना स्थलमा तामोकोशी नदिले कटान गरेको पुष्पलाल मार्गको अवस्था, कालिदहको पहिरो, तामाकोशीको पुल, जिरी, खरीढुङ्गा स्थित ओरियण्ट म्याग्नेसाईट लगायतको स्थलगत अनुगमन गरेका थिए ।

आईतवार चरिकोटमा भएको छलफलको क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मूडे– चरिकोट सडक स्तरउन्नतीका लागि निर्माण व्यवसायीले पाएको थप समय समेत सकिएकोले अब कानुन अनुसार कार्वाहि प्रकृया अघि बढाउने र सडक स्तर उन्नतीका लागि नयाँ ढङ्गले अघि बढ्ने बताए ।

मन्त्री लम्सालले दोलखा जिल्लामा सडक पूर्वाधारको लागि १७२ करोड रकम छुट्टाईएकोले स्थानीय आवश्यकताका आधारमा नयाँ सडक निर्माण, स्तरउन्नती लगायतका योजना बनाउन आग्रह समेत गरेका छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले निर्माण व्यवसायीहरुको माग अनुसार खरिद ऐन संशोधन गरी निर्माण व्यवसायी मैत्री बनाईएको उल्लेख गर्दै अब पनि काम नभए कानुन अनुसार कार्वाहि हुने बताईन । पूर्वाधार अदालत गठनको तयारी भै रहेकोले आगामी दिनमा क्रोनिक ठेक्का पूर्वाधार अदालतले हेर्ने मन्त्री गौतमले बताईन ।

छलफलको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले मन्त्री लम्साललाई विकास आयोजनाका बारेमा ध्यानाकर्षण पत्र बुझाएको सह– सचिव अर्जुन कार्कीले बताए । उक्त ध्यानाकर्षण पत्र रास्वपा दोलखाका अध्यक्ष दिनेश वस्नेतले मन्त्री लम्साललाई हस्तान्तरण गरेका थिए । सो अवसरमा दोलखाबाट निर्वाचित सांसद जदिश खरेल, सांसद स्मृती सेञ्चुरी लगायतको सहभागिता रहेको थियो ।

ध्यानार्काण पत्रमा मूडे– चरिकोट सडक कालोपत्रे, तामाकोशीको पक्की पुल, पुष्पलाल मार्गको भीरकोट– कालिदह खण्डको पहिरो, मूडे– मेलुङ– सितली सडक समस्याग्रहस्त बनेकोले त्यसको तत्काल समाधान खोजिनुपर्ने, तामाकोशी तेस्रो आयोजना, ओरियण्ट म्याग्नेसाईट लगायतका गौरवको आयोजना सञ्चालन आदि विषयमा समेटिएको सह– सचिव कार्कीले बताए ।

सम्बन्धित समाचार