दोलखा/दोलखाको विगु गाउँपालिका वडा नम्बर– १ लामाबगरका महिलाहरु ले फुर्सदको समयमा लम्पट बुनेर अतिरिक्त आम्दिानी गर्न थालेका छन् । उनीहरुलाई लम्पट बुन्न आवश्यक पर्ने मेशिन– औजार विगु गाउँपालिकाले उपलब्ध गराएको पालिका उपप्रमुख देविका थामीले बताईन ।
विगु गाउँपालिका वडा नम्बर– १ जगतकी आनन्दकुमारी श्रेष्ठ फुर्सदको समयमा उनबाट तयार गरिने लम्पट (गलैचा) बुनेर महिनामा १०÷१५ हजारसम्म कमाई हुने बताउछिन् ।
विगु गाउँपालिकाको सहयोगमा वडा नम्बर– १ को लामाबगर र जगतका ६ जना महिलाहरु फुर्सदको समयमा लम्पट बुन्ने काममा लागेको आनन्दकुमारीले बताईन । पालिकाले दुई पटक गरी १४ लाख रुपैया सहयोग गरेको छ, आनन्दकुमारीले भनिन्– त्यहि रकमबाट महिलाको समूह बनाएर ६ वटा मेशिन– औजार र आवश्यक सामग्री खरीद तथा लम्पट बुन्ने तालिम लिएका हौ ।
साईज हेरेर एउटा लम्पट बुन्न एक हप्तासम्म लाग्ने र ती लम्पटहरु आठ देखी १५ हजारसम्ममा बिक्रि गर्ने अर्को स्थानीय साम्लागी शेर्पाले बताईन । एउटा लम्पटक बिक्रि गर्दा झण्डै आधारनै फाईदा हुने उनले बताईन ।

विशेषगरी शेर्पा समुदायका मानिसले बढी प्रयोग गर्ने लम्पट बिक्रिको लागि बजारको समस्या नहुने आनन्दकुमारीको भनाई छ । लम्पट बुनिसक्दा नसक्दै घरमै खरीदको लागि मानिस आउने गरेको उनले बताईन । यो गाउँघरमै बिक्रि हुनेगरेको छ, आनन्दकुमारलिे भनिन्– मानिसले खोजे अनुसार पु¥याउनै सकिएको छैन ।
लामाबगरमा घर– घरै लम्पट बुन्ने गरिएको भएपनि जगतमा भने तीन जनालेमात्र यो काम गरेको साम्लागी बताउछिन् । तालिम लिने त धेरै थियौ तर काम गर्नेभने हामी तीन जनामात्र भयौ– साम्लागीले भनिन् । लामाबगरमा पालिकाले सहयोग गरेको तीन जना र अन्य महिलाहरु आफैले मेशिन किनेर पनि घर– घरै लम्पट बुन्ने गरेको स्थानीय बताउछन् ।
फुर्सदको समयमा तालिम लिएका सबै महिलाले लम्पट बुन्ने र यसलाई सदरमुकाम चरिकोट, काठमाडौँ तथा चीनको तिब्बतसम्म पु¥याउन सकिए मनग्य आम्दानी गर्न सकिने स्थानीयको भनाई छ । विगु गाउँपालिकाले लम्पट उत्पादनलाई प्राथामिकतामा राखेर वडा नम्बर– १ का महिलाहरु लाई तालिम सहित आवश्यक सहयोग गरेको र यसलाई आगामी दिनमा समेत निरन्तरता दिईने उपप्रमुख थामी बताउछिन् ।

प्रतिक्रिया दिनुहोस्