सम्राट चाैलागाई

टोलाएर बस्छु एक्लै, किन होला म आज मौन छु।
देखेर पनि नदेखे जस्तै, साच्चै म आज मौन छु।
छुरा थियो वा गोलि थियो, त्यो बाण सरी बिझेछ
तस्बिर हेर्दै टाढा नियाली बस्ने, म आज मौन छु।
घाम के हो ? जुन के, छुट्टिन्न चारैतिर सन्नाटा छाउदा
आफ्नै सीर ढलेको जस्तो भा’छ, म आज मौन छु।
तपस्वी जस्तै, सन्यासी जस्तै, के छ र यो जगतमा
जोगिको चाला, उदासी उस्तै, खै म आज मौन छु।
चोलीमा इज्जत, टोपिमा इज्जत, धनैमा भरोसा छ
गाउँको हैन, शहरको हैन कताको, म आज मौन छु।

प्रतिक्रिया दिनुहोस्