बागमतीमुख्य समाचार

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाईते

दोलखा/दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर २ बाबरे कुतिस्याङमा शुक्रवार भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।
बाबरेबाट सिंगटीतर्फ आउदै गरेको लु ३ त १७१४ नम्बरको ट्याक्टर दुर्घटना हुदा ट्याक्टरमा चेपिएर स्थानीय ३६ बर्षिय सन्चीमाया थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले बताए ।
दुर्घटनामा परी मृतक सन्चीमायाको छोरी १७ बर्षिय अस्मिता थामी, स्थानीय ३० बर्षिय बालकुमारी थामी, ३० बर्षिय निशा थामी र तीन बर्षिय बालिका टुकी थामी घाईते भएको प्रहरीले जनाएको छ । घाईते मध्य गम्भीर बालकुमारी थामी र निशा थामीलाई थप उपचारको लागि काठमाडौँ स्थित ट्रमा सेन्टर रिफर गरिएको र अस्मिता थामी र टुकी थामीको दोलखा स्थित गौरीशङ्कर अस्पतालमा उपचार भै रहेको प्रहरीको भनाई छ ।
छ जना सवार ट्याक्टर कच्ची सडकबाट ३५ मीटर तल खसेको थियो । ट्याक्टर चालक दोलखाकै गौरीशङ्कर गाँउपालिका वडा नम्बर ५ का २२ बर्षिय अवराम थामी प्रहरी नियन्त्रणमा रहेको प्रहरीको भनाई छ ।

सम्बन्धित समाचार