अर्थ र ब्यापारकृषि र सहकारी

जिल्ला बचत तथा ऋण सहकारीमा पुनः भुमिराज

दोलखा/दोलखा जिल्ला बचत तथा ऋण सहकारी संस्थाको २५ औँ वार्षिक साधारण सभाले पुनः भुमिराज खड्काको अध्यक्षतामा १७ सदस्यीय संचालक समिति गठन गरेको छ ।
समितिमा बरिष्ठ उपाध्यक्ष जगत सुवेदी, उपाध्यक्ष नारायणबहादुर श्रेष्ठ, महासचिव तेन्जिङ शेर्पा, सचिब सर्मिला सापकोटा र कोषाध्यक्ष पर्शुराम कार्की चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा ध्रुव सापकोटा, डम्बरबहादुर खड्का, गणेशबहादुर बस्नेत, भानुदेवी नेपाली, मिङ्माछेरी शेर्पा, मिना जिरेल, मन्दिरा लामिछाने, डम्बरबहादुर आचार्य, सिताराम दहाल, मेघराज केसी र लक्ष्मी दहाल चयन भएका छन् ।
संस्थाको लेखा सदस्यमा कृष्णकुमार श्रेष्ठ र कालिका वली तथा लेखा सुपरिवेक्षण समितिमा संयोजक गोपालध्वज श्रेष्ठ चयन भएको संस्थाले जनाएको छ ।
उद्घाटन सत्र
संस्थाको २५ औँ वार्षिक साधारणसभा तथा २८ आँै स्थापना दिवस अध्यक्ष भुमीराज खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा संस्थाका महासचिब अनिल श्रेष्ठले ३२ करोड नौ लाख १८ हजार तीन सय २७ रुपैया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षको तुलनामा ४४ दशमलब तीन प्रतिशतले कूलपँुजी बृद्धि भएको जानकारी दिनुभयो । कार्यक्रममा नेफ्स्कुनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, उपाध्यक्ष शान्ति अधिकारी, बागमती प्रदेश सहकारी संघका महासचिव भीम प्रसाद दाहाल, प्रोस्कुन बागमतीका महासचिब जिवसराज खड्का, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवि प्रसाद फुयाँल, पत्रकार लक्ष्मण खड्का र संस्थाका उपाध्यक्ष जगत प्रसाद सुवेदीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सम्मान
कार्यक्रममा वर्षको उत्कृष्ट सहकारी संस्थाको रुपमा परोपकार महिला साकोस, उत्कृष्ट लगानी तर्फ एकिकृत फेण्डसीप सहकारी, कारोबार तर्फ नब जनउत्थान साकोस, ऋण सेवा उपयोग संस्थामा अर्थभुमी साकोसलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट सहकारी मैत्री पालिकामा तामाकोसी गाउँपालिका र वर्षको उत्कृष्ट संञ्चारकर्मीमा हाम्रो रेडियोको समाचार प्रमुख र्सिजना थापा खड्कालाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार