अन्तरास्ट्रियबिचार / ब्लगमुख्य समाचारराजनिति

विआरआई अन्तराष्ट्रिय विकास परियोजना हो– पूर्व मन्त्री पोखरेल

काठमाडौँ/नेकपा एमालेका नेता पूर्व मन्त्री एवं फाउण्डेशन अफ ट्रान्स हिमालयन रिर्सच एण्ड स्टडिर्स (फाउण्टेन्स) नेपालका अध्यक्ष आनन्दप्रसाद पोखरेलले संयुक्त राष्ट्रसंघ पछि सबैभन्दा ठूलो विश्व संगठन बन्नेतर्फ लम्कदै गरेको बिआरआईको बेईजिङमा मंगलवारबाट सुरु भएको तेस्रो अन्तराष्ट्रिय सहयोग शिखर मञ्च– २०२३ को सफलताको शुभकामना व्यक्त गरेका छन् ।
विश्वमा विकासको नयाँ– नयाँ प्रविधि र प्रकृया अगाडी बढीरहेको छ, यस्तो अवस्थामा विआरआईले सबै समस्या समाधानको साँचो नै विकास हो भन्ने विचारलाई मूल मन्त्र मानेको छ – फाउण्टेन्स, नेपालका अध्यक्ष पोखरेलले भने ।
अहिले बिआरआईमा एसिया, युरोप, अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण प्रशान्त क्षेत्रसम्म आबद्ध रहेका छन् । बिस्तारै बिआरआई संयुक्त राष्ट्रसंघपछि सबैभन्दा ठूलो विश्व संगठन बन्नेतर्फ लम्कदै छ, पोखरेलले भन्नु भयो– छिमेकी हुनुको नाताले पनि चीनको यो अभियान र यसको सफलता आम नेपालीको लागि एउटा महत्वपूर्ण गौरवको विषय भएको छ । सन् २०१९ को मार्चसम्ममा बिआरआईमा एक सय २६ मुलुक र २९ अन्तर्राष्ट्रिय संगठन सहभागी भइसकेको पोखरेलले बताए ।
बिआरआई मानब केन्द्रित बिकास, ग्लोबल सम्बृद्धिको आकंक्षा, गरिब र बिपन्न रहित विश्व निर्माणको लागि सडक सञ्जाल बिस्तार, पूर्वीय सभ्यता र हिमालयन सभ्यता, अर्थतन्त्रको विकास र सञ्जाल निर्माण तथा ब्यापार साझेदार अभियान हो– अध्यक्ष पोखरेलले भन्नु भयो । देशहरू बीचको सहयोग एवं जनता– जनता बीचको भाइचारा सम्बन्ध र पर्यावरण लगायत दिगो विकासमा योगदान पु¥याउने चिनियाँ पहलको महत्वपूर्र्ण अन्तराष्ट्रिय परियोजना सर्वस्वीकार्य हुनु खुशीको विषय भएको पोखरेलको भनाई छ ।
अहिले पनि अमेरिकाले विश्वमा हतियार र आतङकबाट आफ्नो प्रभाव देखाई रहेको छ । यस्तो अवस्थामा ऐतिहासीक रेशमीमार्ग पुनः ब्युँझाउँदै वर्तमान आधुनिक युगमा व्यापार तथा पूर्वाधार सञ्जालमार्फत एसियालाई युरोप र अफ्रिकासँग जोड्ने चीनको पारदर्शी आर्थिक कार्यक्रम ‘बिआरआई’ महत्वपूर्ण कार्यक्रम भएको फाउण्टेन्स, नेपालका अध्यक्ष एवं पूर्व मन्त्री पोखरेलको भनाई छ । यो कुनै भूराजनीतिक अथवा सैनिक गठबन्धन होइन, खुला, सहभागीमूलक र साझा विकास कार्यक्रम हो, पोखरेलले भने– विकासका लागि सबै राष्ट्र यसमा सहभागी हुन्छन् ।
बिआरआईले अँगालेका केही मूलभूत सिद्धान्तमध्ये विकास– निर्माण र साझेदार पहिलो हो । विकास– निर्माण भित्र शान्तिपूर्ण साझेदारी, खुलापन, सहनशीलता, आपसी सिकाई तथा हित र साझा जीत पर्दछन्– पोखरेलले भने । पोखरेलले आपसी छलफलको माध्यमबाट स्थिर व्यापार तथा आर्थिक गतिविधिमा रहेर जनस्तरको सम्बन्धलाई दिगो तथा प्रगाड बनाउने चिनिया पहलले गति प्राप्त गरेको दावि गरे ।
विआरआई अभियानको बिरुद्ध साम्रज्यबादी अमेरीका र यसका सहयोगी राष्ट्र उभिएका छन् । उनीहरुले कथित सैनिक मोर्चा र सडक सञ्जाल निर्माण गर्ने घोषणा बिभिन्न मञ्चमा गरिरहेका छन । त्यसका बाबजुद बिआरआई अभियानमा आज समाजबाद पक्षधर अबिकसित र बिकासोन्मुख राष्ट्र तथा कतिपय बिकसित राष्ट्र र जनता समेत आबद्ध भएकाछन्– पोखरेलले भने ।
नेपालको भरपर्दो एवं बिश्वासिलो घनिष्ट छिमेकी मुलक चीनले अगाडी सारेको बिआरआई परियोजनामा नेपालले हस्ताक्षर गरेपनि सरकारले यो परियोजना कार्यन्वयन गर्न मानेको छैन । भूराजनीतिको कथित दबाबको नाममा केबल ओठे भक्ति मात्र देखाउदै छ, अध्यक्ष पोखरेलले भने– अब सरकार किन्तु–परन्तुको नामबाट पछि नहटनु नै नेपालको सार्बभौमको रक्षा र बिकासको लागि कोसेढुङ्गा सावित हुने छ– पूर्व मन्त्री पोखरेलले भने ।

सम्बन्धित समाचार