कला / साहित्यबिचार / ब्लगमनोरन्जनयो पनि

शनिवारकाे साहित्य

गित

सम्राट चाैलागाई

म डुबेको घामको तिमी ताप लिनेछैनौ

हो मरेको मेरो लाशको तिमी लाभ लिनेछैनौ

बाकी के राख्यौ म बाहेक तिमिले

जीवन र मरणमा सधैं पार्यौ तिमिले

लौरोहरु जोगाएको आफै जल्नलाई

टेक्ने टेवा चाहियो भनी लग्यौ तिमिले

भाे अब लाशको खरानी नमाग मसङ्ग

दिने भनेको तेत्ति हो अरु छैन मसङ्ग

ज्याेती आफ्नै निभाएर बाले तिम्राे लागी

आफ्नै शिर निहुराएर उठाए तिमिलाई

दिनरात आफै रोए सर्बश्व त्यागेर

भावनामा मारिदियौ सधै माया बनी

उचाईँ चढ सदा- सदा तिम्रा पाईला अघि बढुन

दिन सधै गन्नु तिमी देउता सधै दाईना बनुन

गजल

हरि प्रसाद गाैतम

हार्नेको पनि आज  जित्ने पालो  आएको छ

पछार्न खोज्नेहरुमाथी भूँईचालो आएको छ 

तिमी दूध चोर्ने काममा पल्केका रहेछौ बुझेँ

पछाडि फर्केर हेर साच्चै बिरालो आएको छ 

आज पनि धत बीउ नरोपि  आएँ भन्दै थिई 

हेर्न मन छ मलाई कस्तो खेतालो आएको छ 

मानो रोपेर मुरी फलाउने बेला हो यो बुझेनौ

काँधमा जिम्मेवारी हलो कोदालो आएको छ 

अब आत्तिने तर्सिने र कराउने गर्छन लुटेराहरु

खुशि छु मेरो देश बचाउने गोठालो आएको छ

सम्बन्धित समाचार