कला / साहित्यबागमतीराजनितिशिक्षासमाचार

मदन भण्डारी फाउण्डेशनको तेस्रो सम्मेलन

दोलखा/मदन भण्डारी फाउण्डेशन दोलखाको तेस्रो सम्मेलन सदरमुकाम चरिकोटमा आईतवार सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं फाउण्डेशनका केन्द्रीय सदस्य आनन्दप्रसाद पोखरेलले गर्नु भएको थियो ।
सम्मेलनले हरिबंश चौलागाईको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा कृष्ण कार्की, सचिबमा कृष्ण बस्नेत र कोषाध्यक्षमा उर्मिला खड्का चयन हुनु भएको छ ।
फाउण्डेशनका सचिव रोहितचन्द्र खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं फाउण्डेशनका केन्द्रीय सदस्य आनन्दप्रसाद पोखरेल, केन्द्रीय सदस्य एवं दोलखा जिल्ला इन्चार्ज सरस्वती वस्नेत, दोलखा अध्यक्ष नरबहादुर श्रेष्ठ, प्रदेश कमिटी सदस्य डबल पाण्डे र केशव चौलागाई, जिल्ला सचिव हिरा थोकर, उपसचिव धमेन्द्र मोक्तान र कमला वस्नेतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार