बागमतीराजनिति

एसमा लागेका घ्याङका जनप्रतिनिधि कमल थापा एमालेमै फर्किएः एसले जनता भुल्याएको निष्कर्ष

६ कात्तिक चरिकोट

मेलुङ गाउँपालिका वडा नं २ घ्याङ सुकाठोकरका वडा सदस्य कमल थापा एकीकृत समाजवादी त्यागेर एमालेमै प्रवेश गरेका छन् ।

नेकपा एमाले विभाजनका बेला एस पार्टी रोजेका थापा एमालेको अधिवेशनका दिन पार्टी प्रवेश गरेका हुन ।

एस पार्टीमा करिब ३ महिना नबित्त्तै उनले परित्याग गरेका छन् ।

अधिवेशनका क्रममा मन्तब्य राख्दै थापाले एस नामको पार्टी जनतालाई भुल्याउन मात्र आएको विचार, सिन्द्धान्त र दृष्टिकोण केही नभएको तथ्य औँल्याए ।

एसमा लागेको केही समयमा नै आफूलाई दिक्दारी महशुश भएको र पार्टी प्रणालीको आभाष नै नभएको उनले बताए ।

एमालेको सूर्य चिन्हबाट आफू निर्वाचित भएको र जनताको मतको कदर गर्दै पुन एमालेमै सक्रिय रहने निर्णय गरेको थापाले जानकारी दिए ।

विभिन्न आश्वासन, सपना र लालसामा परेर नेकपा एमाले छोडेकाहरुलाई पनि छिटै एमालेमा फर्किएर काममा लाग्न सदस्य थापाले अपिल गरेका छन् ।

सम्बन्धित समाचार