दाेलखा/बिपद् व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएका दोलखाका क्रियासिल नागरिक समाजका संस्थाहरुको सञ्जालले बिपद् व्यवस्थापन सम्वन्धि कानुन जारी गरी कार्यन्वनयका लागि पर्याप्त बजेट समेत विनियोजन गर्न स्थानीय सरकारलाई आग्रह गरेको छ ।
हरेक वर्ष विश्व समुदायले अक्टोबर महिनाको १३ गतेका दिन मनाउने विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका अवसरमा जिल्ला स्तरिय जलवायु तथा विपद् जोखिम व्यवस्थापन सञ्जालले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । बिपद् जोखिम न्युनिकरणमैत्री सुशासन, सुरक्षित भविष्यको लागि हाम्रो अभियान भन्ने नाराका साथ नेपालमा प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाईदै गरेको सन्र्दभमा नेपाल संविधान २०७२ ले प्रदान गरेको नागरिकले सुरक्षित रुपमा बाच्न पाउँने मौलिक हकलाई कार्यन्वयन हुन अति आवश्यक देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सञ्जालका संयोजक टंक उप्रेतीद्धारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीय सरकार प्रमुखका रुपमा हामीले हाम्रा जनप्रतिनिधि पाएको यति लामो समय भई सक्दा पनि विपद् जोखिम नियन्त्रणका लागि कानुनहरु निर्माण भई कार्यन्वयनमा आउन नसकेकोले स्थानीय सरकार समक्ष विपद् जोखिम व्यवस्थापन सम्वन्धि ऐन, कानुन जारी गर्न र कार्यन्वयनका लागि पर्याप्त बजेट समेत विनियोजन गरी सुरक्षित भविष्यको सुनिश्चित गर्न आग्रह गरिएको छ ।
दोलखा जिल्ला पनि बाढी पहिरो र भूकम्प जस्ता प्राकृतिक प्रकोपका दृष्टिले उच्च जोखिममा पर्ने र प्राकृतिक प्रकोपसँग हामी जुध्न नसकिने भएकोल पुर्वतयारी र सतर्कर्ता अपनाएको खण्डमा प्राकृतिक महामारीबाट जागिने र हानीलाई न्यूनिकरण भने गर्न सकिन्छ । सन् १९८९ को राष्ट्रसंघको साधारणसभाले प्राकृतिक विपत्ति बिरुद्ध पूर्वतयारी र जागरणको अभिबृद्धिकालागि यस दिवसको शुरुवात गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्