अन्तरवार्ताबागमतीराजनिति

गाउँ सम्बृद्ध बनाउने सपना छ — युधिष्ठिर खड्का, अध्यक्ष विगु गाउँपालिका

निर्वाचित भएको ३ वर्ष ६ महिनाको अवधिमा गाउँपालिकामा गरेका विकासलाई कसरी समीक्षा गर्नुहुन्छ ?
गाउँपालिकामा पहिला सडक निर्माण भएको थिएन् । निजी आवास पुनः निर्माणको काम पहिलो प्राथमिकतामा थियो । उत्तरी क्षेत्रमा विरामी बोक्ने कुनै गाडी थिएनन् । अहिले पुनः निर्माण लगभग सम्पन्न हुन लागेको छ । सुविधासम्पन्न एम्वुलेन्स २ वटा उपलब्ध छन् भने शैक्षिक क्षेत्रका लागि विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्थापन भएको छ । स्वास्थ्य क्षेत्रमा औषधीको अभाव हुन दिएका छैनौ । पालिकामा जुन इच्छा राखेर आएको थिएँ ,सो अनुसारको काम गर्न सकेको छैन् । बजेटको अभावले सडकको स्तरउन्नति,पुल निर्माण र कृषिको प्रचुर मात्रामा काम गर्न सकेका छैन् । वजेट अभावको कारणले सोचेजति काम गर्न सकिएन् । धार्मिक,प्राकृतिक रुपमा पवित्र स्थलको रुपमा रहेको छ विगुको विकासका लागि प्रयत्न जारी रहेको छ । यति दरबार,१२ सय पल्टन,देवलाङ्गेश्वर मन्दिर,बौद्ध धर्मावलम्वीहरुको पवित्र स्थल लप्ची जस्ता धार्मिक तथा पर्यटकीय स्थल रहेका छन् । ती महत्वपूर्ण क्षेत्रको विकासको लागि सडक निर्माणको पहल गरिरहेका छौ ।


विकासका कुरा गर्नुभयो, स्थानीयले चाँही विकासको अनुभूति कति गर्न सकेका छन् त ?
गाउँका अधिकाशं मानिस वैदेशिक रोजगार र शहरमा बसोबास गर्दै आएका छन् । यही कारण गाउँ पातलिदै छ । तर पनि स्थानीयलाई गाउँमै टिकाउन विभिन्न आकर्षँक कार्यक्रम ल्याएका छौ । अहिले कोभिडका कारण गाउँ फर्किएका स्थानीयलाई गाउँमै रोजगारका लागि कार्यक्रम सञ्चालन गर्न जरुरी छ । पालिकामा राष्टिय गौरवको आयोजना माथिल्लो तामाकोशी आयोजना लगायतका ९ मेगावाट भन्दा वढी क्षमताका जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । ती आयोजनामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा स्थानीयलाई संलग्न गराउने प्रयत्न गरिएको छ । गाउँपालिकालाई हाइड्रोको हबका रुपमा विकास गर्न लागि परेका छौ । कोरोना महामारीको समयमा खान नपुगेका असक्तहरुलाई राहतको व्यवस्था गरेका छौ । स्थानीय उत्पादन प्रोत्साहनका लागि बजारको व्यवस्थापनको पहल भएको छ । जनताका असन्तुष्टि त्यति सुन्नमा आएको छैन् यति भन्दैमा सानातिना गुनासा भने नभएका हैनन् ।


हाइड्रो हबको कुरा गर्नुभयो, जनताको आर्थिक सम्वृद्धिका लागि हाइड्रोपावर कतिको सहयोगी बन्ला ?
राष्ट्रिय गाँैरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजना (परीक्षण प्रशारणको तयारीमा छ । अपर पाँचौ प्रक्रियामा छ । रोल्वालि खोला वन्ने क्रममा छ । अपर लप्ची,तल्लो लप्ची,लम खोला लगायतका जलविद्युत आयोजना सञ्चालनको तयारी छ तर विकट भूगोलका कारण चूनौति धेरै छन् । नेपाल सरकारले सहज सडक निर्माणको काम सम्पन्न भएमा पालिकालाई हाइड्रो हबको रुपमा विकास गर्न सकिन्छ । हाइड्रो हब सम्भावना प्रसस्त छ, पालिकालाई समुन्नत बनाउने सपना यही हाइड्रोको विकासबाट मात्र सम्भव छ,हामी प्रयास गरिरहेका छौ यसमा संघीय तथा प्रदेश सरकारको सहयोग जरुरी छ । सवै क्षेत्रको विकासका लागि सडक पहिलो सर्त हो । यो पनि सोचेजसरी विकास गर्न सकिएको छैन् ।


तपाई आफैपनि सफल निर्माण व्यवसायी हुनुहुन्छ ? तपाईको व्यवसायिक अनुभवले तपाईको क्षेत्रको सडक विकासका लागि तपाईको अनुभव सदूपयोग गर्ने वातावरण वनेन त ?
वि.स. २०३६ सालदेखि निर्माण व्यवसायीको रुपमा काम गर्न शुरु गरे । करिव ६० जिल्लामा कामका लागि पुगेको छु भने ३० जिल्लामा बसेर काम नै गरें । कर्णाली क्षेत्रमा करिब ५ वर्षवसेर काम गरे. । सुर्खेत जुम्ला सडक निर्माण म आफैले खनेको हुँ । दोलखामा अपर तामाकोशी निर्माण शुरु भएपछि विकट पहाडी भूगोल,भीर,पहरा छिचोल्दै बाटो बनाउने काम गरे । चाइनिज मार्फत दोलखादेखि लामा बगरसम्म १ अरव बरावरको काम गरे । अधिकाशं मानिसले सडकमा काम गरेको देखेर गाउँपालिकामा काम गर्छ भन्ने विश्वासले मलाई निर्वाचित गरे तर जनताले सोचेजति मैले काम गर्न सकेको छैन ् । आफैले गरेको काम आफैलाई चित्त बुझेको छैन् । संघीय सरकार र प्रदेश सरकारले आवश्यक वजेट नपठाएका कारण सोचे अनुसारका काम गर्न नसकेको हो । म गर्वका साथ भन्न सक्छु,सवारी साधन लगायतका विकास निर्माणका स्रोत साधनमा विगु गाउँपालिका पहिलो नम्बरमा आउँछ । साधन स्रोत भएकै कारण भुकम्पपीडितको घर बनाउन सक्यौ । विगुको बाटो असाध्यै राम्रो र गुणस्तरीय बनाउन सफल भएका छौ । नियमअनुसार बाटो खनेका छौ । मेरो अनुभवले राम्रो बाटो वनाउन सहयोग गर्यो तर भनेजति बाटो राम्रो वनाउन सकिन । वजेट राम्रो भएको भए सोचेजति काम गर्न सकिन्थ्यो ।सवैभन्दा पहिलो बाटो गाउँमा पुग्नुपर्छ अनि मात्र अन्य सवै पूर्वाधारको विकासमा सहज हुन्छ । प्रचुरमात्रामा बजेट भएको भए बाटाको स्तरोन्नति हुन्थ्यो । तरपनि प्रयास जारी राखेका छौ । सडक भएको भए माथिल्लो लप्चीको काम अगाडि वढाउन सजिलो हुन्थ्यो ।


तीन वर्षको कार्यअनुभवमा गाउँपालिकाको लागि विकास के रहेछ ?
अहिले सडकबाहेका विकासका सवै पूर्वाधार लगभग बनेको अवस्था छ । शिक्षा,स्वास्थ्य,खानेपानी,विद्युत,सञ्चार सुविधा सामान्य अवस्थामा छन् । अस्पताल बनाउन सरकारले स्वीकृती दिएको छैन् । पालिकालाई हाइड्रो हवको रुपमा विकास गर्न सिगटीमा नै सिभिल इन्जिनियरि ३ वर्षे कोर्ष अध्ययनको लागि सिटिइभिटिइबाट सम्बन्धन ल्याइसकेको अवस्था छ । पूर्वाधार तयार भइसकेको छ । प्राविधिक उतपादन गर्नुपर्छ । हाम्रा नागरिक बाहिर गएर पढ्न सक्दैनन् पालिकामा हाइड्रोको प्रसस्त सम्भावना भएकोले दक्ष जनशक्ती उत्पादन गरी गाउँमानै स्थापित गराउनको लागि प्रयत्न गरिएको छ ।


जनताका असन्तुष्टि सर्वत्र सुनिन्छन् ? के जनप्रतिनिधिले काम नगरेकै हुन् त ?
मेरा तीन पुस्तामध्ये म नाति पुस्ता पनि आज विगु गाउँपालिकाको जनप्रतिनिधिको रुपमा छु । जनतासंग कसरी बोल्ने,कसरी रिझाउने,कस्तो व्यवहार गर्ने,विकासको काम कसरी गर्ने सिकेको छु । आफू रक्सी खाने अरुलाई नखा भन्ने परिपाटी हाम्रोमा छैन् । पार्टीगत रुपमा पनि हाम्रोमा विमति छैन् । आफू वदमास गरेर अरुलाई सही बाटोमा हिड भन्न सकिदैन् । हामी विगु गाउँपालिकामा सवै इमान्दार जनप्रतिनिधि छौ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्छौ । बजेट प्राथमिकताका आधारमा सबैको चित्त बुझाएर विनियोजन गर्छौ । अहिलेसम्म ३७ औ कार्यपालिका वैठक बस्यो ,यो समयसम्म विवाद र विरोध छैन् । यो हाम्रो वलियो पक्ष हो । १५ सैयाको अस्पताल,व्यवस्थित सडक,पुल बनेको अवस्थामा ५ वर्षमा सम्वृद्ध विगु गाउँपालिका बनाउने सपना देखेको छु,भनेजस्तो भयो भने साकार हुने छ । मैले बोलेको बुहारी फर्काऊ अभियान अहिले कोरोनाका कारण पनि सार्थक बन्न लागेको छ । गाउँ फर्र्किएका नागरिकलाई रोजगारी र आयआर्जनको लागि पहल गरिरहेको छु । म झुटा आश्वासन दिन जान्दिन् । नसकेको काम विगु गाउँपालिकाको लप्चीमा बाटो लान सकेका छैनौ । यो क्षेत्रका नागरिकले सीमा सुरक्षा पनि गरिरहेका छन् । कात्तिकसम्म प्रशासनसंगको सहयोग लिएर लप्ची पुग्ने लक्ष्य छ । लप्चीको लागि कुनै काम गर्न नसकेकोमा दःुख लागेको छ । संघीय सरकार र प्रदेश सरकारले सहयोग गरेमा सम्बृद्ध पालिका निर्माण गर्न सक्छु भन्ने विश्वास छ । वडा नं १ मा पर्ने लप्ची गाउँमा गोरटोबाटो पनि निर्माण गर्न नसकेकोमा दुःख लागेको छ । गर्न नसकेका काममा खिन्नता हुँदो रहेछ । आँटेका अरु सबै काममा जनताले साथ दिएका छन् । जाति र पाटीभन्दा माथि उठेर मानवताका लागि मानव भएर काम गरेका छौ ।


गाउँपालिकाको नागरिकको आर्थिक सम्वृछिका लागि कस्ता योजना रहेका छन् ?
आर्थिक सम्वृद्धिको पहिलो बाटो त कृषि नै हो । सवै जमिन उर्वर छन् । किवि खेतीको सम्भावना राम्रो छ । कलकारखाना स्थापनामा लागेका छौ । कृषकका उत्पादन गाउँपालिकाले खरिद गरिदिने भनेको छ । विक्री वितरणका लागि सहज वातावरण बनाएका छौ । सुनपाती र धुपीको उद्योग सञ्चालनको तयारी छ , मजिटोको तेल बनाउने कारखाना व्यवस्थित गर्न पहल गरिरहेका छौ । यहाँका जनावर,जडिवुटी जंगलको प्रचुर सदूपयोग गरेमा विकासको सम्भावना प्रसस्त छ, लोक्ता,यार्सागुम्बा यहाँका कृषको नियमित आम्दानीको स्रोत हो । पालिकाले प्रोत्साहनका कार्यक्रम ल्याएको । दुग्ध चिस्यान केन्द्र स्थापना,कृषकका उतपादन विक्री वितरणका लागि सहज वातावरण मिलाउने काम पालिकाले गरेको छ । गाउँमा उतपादन भएका चीजहरु बजारको पहँुच सम्म पुरयाउन पहल गर्नुछ । सवैभन्दा यहाँको ढुङ्गाखाीसम्म सम्म सडक पुगेको छ । यहाँ तामाखानीको सम्भावना प्रसस्त छ् । संघीय सरकारको ध्यान जानसके गाउँपालिकाको सम्बृद्धि सम्भव छ ।


अन्त्यमा केहि ?
चाडपर्व नजिकिएका छन् चाडलाई भड्किलो नवनाऔ । फजुल खर्च नगरौ । खान नहुने कुरा खान उत्साहित नबनौ । कोरोनाको महामारीबाट वच्न सकेसम्म उच्च सर्तकता अपनाउ । सवै गाउँवासी दाजुभाइ दिदी वहिनी,जिल्लावासी र सवै नेपालीजनमा शुभकामना दिन चाहन्छु ।

  • प्रस्तुति विनिता शिवाकाेटी

सम्बन्धित समाचार