दोलखा/गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले आफु मुलुकमा रोजगारी र्सिजना गर्ने अगाडी बढ्ने बताउनु भएको छ । आईतवार दोलखाको बैतेश्वर गाउँपालिकाको मैनापोखरीमा गठबन्धनले आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्नुहुदै कार्कीले युवाहरु बेरोजगार बनेर बैदेशिक रोजगारीको सिलसिलामा विदेशमा श्रम बेचिरहेको भन्र्दै, अब त्यो अबस्था आउन नदिने बताउनु भयो ।
कार्कीले व्यवस्था बदलिएको तर अबस्था नबदलिएका कारण नेताले कामै गर्दैनन् भन्ने भ्रम जनतामा परेको उल्लेख गर्नुहुदै मंसिर ४ गते पछि त्यस्तो भ्रमको समाधान हुने बताउनु भयो । कार्यक्रममा गठबन्धनको तर्फबाट प्रदेश सभा क का नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्