बागमतीसमाचार

स्वयमसेवकलाई तालिम

दोलखा/बागमति प्रदेश युवा परिषद्, जिल्ला युवा समिति दोलखाले शनिवार प्रदेश युवा स्वयमसेवकको लागि एक दिने तालिमको आयोजना गरेको छ ।
तालिममा नेपाल रेडक्रश, नेपाल स्काउट, पत्रकार र सामाजिक अभियानमा सक्रिय २० जना युवाहरु को सहभागिता रहेको थियो । तालिमको क्रममा स्वयमसेवा, सिर्जनशीलता, उद्यमशीलता लगायतका विषयमा अन्र्तक्रिया भएको आयोजकले जनाएको छ । तालिमको सहजिकरण नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशङ्कर चौलागाई र पूर्व अध्यक्ष जीवन लामाले सहजिकरण गर्नु भएको थियो ।
जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत रोहन श्रेष्ठ (भरत कुमार श्रेष्ठ) को सभापतित्वमा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाई, अधिवक्ता सुब्बा श्रेष्ठ, समाजसेवी शान्तकृष्ण श्रेष्ठ, नेपाल रेडक्रश शोसाईटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेल, स्काउटकर्मी ध्रुब खड्का, योगदान राष्ट्रको लागि जिल्ला शाखा दोलखाका राजु थापा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार