बागमतीसमाचार

पाठकलाई मानव अधिकार तथा सामाजिक सेवा पुरस्कार

दोलखा/मानव अधिकारकर्मी एवं सामाजिक अभियन्ता होम प्रसाद पाठक स्व. पशुपति चौलागाई मानब अधिकार तथा सामाजिक सेवा पुरस्कार– २०७८ बाट सम्मानित भएका छन् । हुराडेक नेपाल दोलखाको २९ ओैँ साधारणसभा तथा ३० ओैँ बार्षिक उत्सव कार्यक्रमको अवसरमा उनलाई १० हजार राशीको उक्त पुरस्कारबाट सम्मानत गरिएको हो ।
हुराडेक नेपालका संस्थापक अध्यक्ष स्व. पशुपति चौलागाईको सम्झनामा एक लाख ११ हजार एक सय रुपैया राशीको अक्षकोष स्थापना गरिएपछि पहिलो पटक अभियन्ता पाठकलाई उक्त पुरस्कार प्रदान गरिएको हो । भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरतबहादुर केसीले पाठकलाई उक्त पुरस्कार प्रदान गर्नु भएको थियो ।
हुराडेक नेपाल दोलखाका अध्यक्ष उद्वब प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीले संस्थाले मानब अधिकारको क्षेत्रमा काम गर्दै आएकाले नागरिकलार्ई मानब अधिकारसंगै कर्तव्य पालनाको कुरा पनि सिकाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेल, नेपाल पत्रकार महासघका केन्द्रीय सदस्य रमेश खतिवडा, नेपाल बार एसोसिएशन दोलखाका अध्यक्ष कृष्ण बस्नेत, मानव अधिकार एलायन्सका महासचिब एंव संस्थाका पुर्व अध्यक्ष होम प्रसाद पाठक, नेपाल पत्रकार महासघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाई, पुर्व अध्यक्ष जीवन लामा, संस्थाका उपाध्यक्ष रूपा वयलकोटी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
पुनः पोखरेलनै अध्यक्ष
साधारण सभाले पुनः उद्धब प्रसाद पोखरेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रुपमाया बयलकोटी, सचिवमा जिवस राज खड्का, सहचिवमा जीत बहादुर तामाङ्ग, कोषध्यक्षमा सुजता शिवाकोटी तथा सदस्यहरुमा गंगा बहादुर पौडल, मेनुका सुुवेदी, शर्मिला थापा र रजिना सुनुवार रहनु भएको छ । लेखा समिती संयोजकमा धुव्र आचार्य र सदस्यमा छिरिङ्ग शेर्पा चयन हुनु भएको छ ।

नवनिर्वाचित अध्यक्ष उद्धव प्रसाद पाेखरेल

सम्बन्धित समाचार