बागमतीमुख्य समाचारसमाचार

१९ बर्ष देखिका फरार प्रतिवादी पक्राउ

दोलखा/जिल्ला प्रहरी कार्यालय दोलखाले पछिल्लो समय फरार प्रतिवादी पक्राउ गर्न मातहतको प्रहरी युनिटलाई सक्रिय बनाएको छ । मातहतको प्रहरी युनिटबाट खटिएको प्रहरी टोलिले १० दिनको अवधिमा बिभिन्न मुद्दाका आठ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गंगा प्रसाद पौडेलले बताउनु भयो ।
पक्राउ गरिएकाहरुमा दुई जना १९ बर्षदेखि फरार प्रतिवादी समेत रहेका छन् । २०६० साल चैत्र चार गते देखि फरार रहेका सवारी ज्यान मुद्दाका प्रतिवादी भीमेश्वर नगरपालिका वडा नम्बर २ का मनु तमाङ र कुटपिट, लुटपाट मुद्दाका प्रतिवादी भीमेश्वर नगरपालिका वडा नम्बर ९ का माईली थामी समेत रहेको प्रहरी निरक्षिक अञ्जन कोईरालाले बताउनु भयो ।
पक्राउ गरिएको अन्य फरार प्रतिवादीहरु मा वहुविवाह मुद्दाका प्रतिवादी दोलखा तामाकोसी गाँउपालिका वडा नम्बर १ नरहरी विक, नकवजनी चोरी मुद्दाका प्रतिवादी भीमेश्वर नगरपालिका वडा नम्बर ५ का निरोज मुग्राती, गालीबैजती मुद्दाका प्रतिवादी शैलुङ गाँउपालिका वडा नम्बर ८ का झागादेवी कार्की, अखेटोपहार (बन्यजन्तु) मुद्दाका प्रतिवादी शैलुङ गाँउपालिका वडा नम्बर ८ का लालबहादुर विक र प्राचिन स्मारक मुद्दाका प्रतिवादी भीमेश्वर नगरपालिका वडा नम्बर ३ का शिवहरी थापा र उद्धव गौतम रहेको प्रहरी निरीक्षक कोईरालाले बताउनु भयो ।
पक्राउ गरिएका फरार प्रतिवादीहरु बाट जम्मा कैद एक बर्ष एक महिना १५ दिन र जम्मा जरिवाना असुल एक लाख ८६ हजार तीन सय ९६ रुपैया २५ पैसा भएको प्रहरी निरीक्षक कोईरालाले बताउनु भयो । पक्राउ गरिएका फरार प्रतिवादीहरु मध्य वहुविवाह र नकबजनी चोरीका प्रतिवादीहरु बाट कैद तथा जरीवाना दुबै असुल गर्नुपर्ने र अन्यबाट जरीवाना असुल गर्नुपर्ने देखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार