अन्तरास्ट्रियअर्थ र ब्यापारबागमतीमुख्य समाचारस्वास्थ्य

दोलखा समाज जापानले जिल्लाका लागि ठूलो संख्यामा राहत र स्वास्थ्य सामग्री जुटाउदै

चरिकोट, २४ असार

दोलखा समाज जापानले दोलखा जिल्लामा कोभिड १९ का कारण मृत्यु भएका पत्रकार रविन्द्र गौतमको परिवारलाई १ लाख नगद सहयोग गर्ने भएका छन् । त्यस्तै जिल्लाका ८७ वटा माध्यमिक विद्यालय र ५ वटा अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएका छन् ।


यसका अलावा कोरोना माहामारीका कारण निकै जोखिममा परेका मजदुरका परिवारलाई खाद्यान्न सहयोग, जिरी युवा सञ्जालका सदस्य स्व शभ्भु जिरेलको परिवारलाई नगद सहयोग जस्ता कार्यक्रमहरु ल्याइएको महासचिव शैलेन्द्र खड्काले जानकारी दिनुभयो ।


यो समाज जापान स्थित दोलखाली युवाहरुले सञ्चालन गरेको सामाजिक संस्था हो । समाजले यस अघि जिल्लामा अति आवश्यक मास्क, स्यानीटाइजर र बालबालिकाका लागि पौष्टिक आहार जस्ता सामग्रीहरु वितरण गरिसकेको छ ।


समाजले जारी गरेको विज्ञप्ति पनि पढ्नुहोस ।

सम्बन्धित समाचार