दोलखा/पौरखी नेपालले सदरमुकाम चरिकोटमा सोमवार अशक्त र महिलाको सवाल सम्बन्धि सन्तुलित समाचार सम्प्रेषण विषयक एक दिने अन्र्तक्रिया सम्पन्न गरेको छ ।
अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा काममा स्वतन्त्रता परियोजना अन्र्तगत सञ्चालित अन्र्तक्रियामा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्केले सन्तुलित समाचार सम्बन्धमा आफ्ना धारणा प्रस्तुत गर्नु भएको थियो भने पौरखी नेपालको दोलखामा संचालित कार्यक्रमको संयोजक प्रदीपकुमार कार्कीले संस्थाको गतिविधिको बारेमा जानकारी दिनु भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रवक्ता मुरारीराज शिवाकोटी र पौरखी नेपालका समिना बुढाथोकीले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा जिल्लामा कृयाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्