दोलखा/दोलखामा विहिवार सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार जिल्लाको तीन पालिकाबाट ३१ जनाको स्वाव पिसिआर परिक्षणको लागि पठाईएकोमा पाँच महिला र दुई पुरुष गरी सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि हुनेहरुमा तामाकोसी गाउँपालिका वडा नम्बर ५ को २ महिने बच्चा सहित पाँच महिला, विगु गाउँपालिका र मेलुङ गाउँपालिकाको एक/एक जना कर्मचारी रहेको कार्यालयले जनाएको हो । तामाकोसी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक अरुणकुमार मिश्रका अनुसार विहिवार पालिकाबाट एकै परिवारका सात सहित ८ जनाको स्वाव संकलन गरी धुलीखेल अस्पताल पठाईएकोमा एकै परिवारको ५ जनाको रिर्पोट पोजेटिभ आएको हो । त्यसैगरी विगु गाउँपालिकाबाट विहिवार १३ जनाको स्वाव पठाईएकोमा एक जना पालिकाका कर्मचारीको रिर्पोट पोजेटिभ आएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक ईश्वर खड्काले जानकारी दिनुभयो । त्यसैगरी मेलुङ गाउँपालिकाबाट एक जना पालिका कर्मचारीको स्वाव पठाईएकोमा रिर्पोट पोजेटिभ आएको गाउँपालिकाका प्रवक्ता हिराकुमार थोकरले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्