अर्थ र ब्यापारसमाचार

सदरमुकाम चरिकोटमा दोस्रो सुपर मार्केट

दोलखा/विजया दशमीको अवसर पारेर सदरमुकाम चरिकोटमा भीमेश्वर सुपर मार्केट खुलेको छ । पर्यटकीय केन्द्र चरिकोटमा ग्राहकले एकै दथोमा सबैकुरा पाउने सुविधा सम्पन्न सुपर मार्केट यो दोस्रो हो । यस अघि नाईन मार्ट सुपर मार्केट सञ्चालनमा रहेको छ ।
सातदाेबाटाे चाेकमा रहेकाे पावन हाेटलकाे माथिल्लाे तलामा रहेकाे भीमेश्वर सुपर मार्केटको उद्घाटन जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले गर्नु भएको थियो । समन्वय प्रमुख पाण्डेले पर्यटकीय जिल्लामा गुणस्तरीय तथा सुलभ मूल्यमा ग्राहले हरेक सामान पाउने गरी अरु धेरै सुपर मार्केट सञ्चालनमा आउनु आवश्यक रहेको बताउनु भयो । साे अवसरमा सुपर मार्केटका सञ्चालकहरु दाेलखा उधाेग बाणिज्य सङ्घका पूर्व अध्यक्ष रामेश्वर मान्न्धर, अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ, उपाध्यक्ष दिनेश थापा, सनत थापा, महासचिव हेमराज रिमाल, सचिव विमल श्रेष्ठ लगायतकाे सहभागिता रहेकाे थियाे ।
भीमेश्वर सुपर मार्केटले दशै धमाका नामले विशेष उपहार योजना समेत ल्याएको छ । जसमा एक हजार बराबरको सामान खरीद गर्ने ग्राहकलाई एक केजी चिनि, दुई हजार बराबरको सामान खरीद गर्ने ग्राहकलाई दुई केजी चिनि, पाँच हजारसम्मको सामान खरी गर्ने ग्राहकलाई एउटा जम्बो कोक तथा छ हजार भनदा बढीको सामान खरीद गर्ने ग्राहकलाई एक बाक्सा वाईवाई चाउचाउ उपहारको रुपमा प्रदान गरिने सुपर मार्केट सञ्चालक हेमराज रिमालले बताउनु भयो ।
दशै तिहार लगतै भीमेश्वर सुपर मार्केटमा नुन देखि सुनसम्म पाउने गरी व्यवस्थापन गरिने पनि सञ्चालक रिमालले बताउनु भयो । सदरमुकाम चरिकोटकै बीच बजारमा पनि अर्को सुपर मार्केट सञ्चालनको तयारी भै रहेको व्यवसायीहरुले बताएका छन् ।

भीमेश्वर सुपर मार्केटकाे उद्घाटन गर्नुहुदै जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे

सम्बन्धित समाचार