बागमतीमुख्य समाचार

नागरिक संस्था बीच असल अभ्यास आदान प्रदान

दोलखा/दोलखामा क्रियासिल नागरिक समाजका संघ संस्थाले आफुले गर्दै आएका गतिविधिहरुको असल अभ्यास तथा सिकाईलाई एक आपसमा आदान प्रदान गरेका छन् ।
जिल्ला समन्वय समिति दोलखाले मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखासँगको समन्वयमा मंगलबार आयोजना गरेको गैरसरकारी संस्थाहरुको असल अभ्यास तथा सिकाई आदान प्रदान गोष्ठीमा जिल्लाका १५ वटा नागरिक समाजका संस्थाले आफुले सञ्चालन गर्दै आएका गतिविधिहरुको असल अभ्यास र सिकाईबारे प्रस्तुती गरेका थिए । कार्यक्रममा दोलखा जिल्लामा कार्यरत ३३ वटा संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा ग्रामीण पुर्ननिर्माण संस्था, हुराडेक नेपाल दोलखा ग्रामीण विकास टुकी संघ दोलखा, तयार नेपाल, सुआहारा परियोजना, सिविन नेपाल, सेवक नेपाल, ग्रामीण उद्यम विकास केन्द्र, आवाज नेपाल, वान हार्ट नेपाल, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल, नेपाल रेडक्रस सोसाईटी दोलखा शाखा, अपाङ्ग तथा दृष्टिविहिन समुदाय सेवा संघ, मेरी स्टोप्स लेडिज, नाम्सालिङ सामुदायिक विकास केन्द्र लगायत संस्थाले आफ्ना असल अभ्यास तथा सिकाईबारे एक आपसमा छलफल गरेका थिए ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले चौमासिक रुपमा जिल्ला समन्वय समितिले जिल्लामा कार्यरत गैसस विच असल अभ्यास तथा सिकाई आदान प्रदान कार्यक्रम आयोजना गर्ने बताउँनु भयो । जिसस प्रमुख पाण्डेले जिल्लामा कार्यरत गैरसरकारी संघ संस्थाहरुलाई स्थानीय सरकारसँग समन्वय गरेरमात्र कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नु भयो ।

सम्बन्धित समाचार